चैत १६, २०८०, शुक्रबार
               

सात वर्षको प्रेमसम्बन्धपछि वैवाहिक बन्धनमा कप्तान रेणुका

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

एपीएफ क्लबकी मुख्य खेलाडी समेत रहेकी रेणुका मंगलबार वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

रौतहट चपुुरकी रेणुकाले जनकपुरका अभिषेक लामासँग मंगलबार हिन्दु परम्परा अनुसार विवाह गरेकी हुन् ।

रेणुका र अभिषेक ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

मिडफिल्डर रेणुका गत वर्ष नेपालले १२ औं सागमा रजत जित्दा टिमका महत्वपूर्ण खेलाडी थिइन् ।

यस्तै उनी विराटनगरमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा समेत रहेकी थिइन् ।

अभिषेक हाल काठमाडौमा व्यापार गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि