चैत १६, २०८०, शुक्रबार
               

मंगलबार १३ सय ४ संक्रमित थप, २१ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । हाल देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि