माघ १२, २०७७, सोमबार
               

सिरोहिया भर्सेज सुमार्गी : कान्तिपुरले खण्डन छाप्‍नुपर्ने ठहर

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

काठमाडौं : कान्तिपुर पब्लिकेसन्स प्रालिका अध्यक्ष कैलास सिरोहिया भर्सेज व्यवसायी अजेयराज सुमार्गीको 'हाइप्रोफाइल' मुद्दामा कान्तिपुरले खण्डन छाप्नु पर्ने भएको छ ।

कान्तिपुर दैनिकले गलत नियतले समाचार प्रकाशित गरी आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै सुमार्गीले सिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालगायतविरुद्ध गाली बेइज्यति मुद्दा दायर गरेका थिए ।

त्यो मुद्दामा जिल्ला अदालत काठमाडौंले सोमबार समाचार सत्यतामा आधारित नभएको जनाउँदै खण्डन छाप्नुपर्ने ठहर गरेको हो । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुर पब्लिकेसन्सलाई समाचारको खण्डन गर्न भनेको हो । तर सुमार्गीको मागदाबी बमोजिम काठमाडौं अदालतबाट क्षतिपूर्ति भराउने तथा अन्य सजाय भने कान्तिपुरलाई भएको छैन । 

कान्तिपुरले २०७४ पुस ९ गते ‘सुमार्गीको २२ अर्ब अवैध’ शीर्षकको समाचार छापेपछि विवाद चुलिएको थियो । सो समाचारमा सुमार्गीको कारोबारबारे प्रहरी प्रधान कार्यालयको अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको र प्रारम्भिक प्रतिवेदनसमेत तयार भएको उल्लेख थियो । प्रहरी प्रधान कार्यालयले काठमाडौं जिल्ला अदालतलाई ब्युरोबाट कुनै अनुसन्धान भएको नदेखिएको भन्ने जवाफ पठाएको आधारमा अदालतले समाचारलाई गलत ठहर गरेको हो ।

सुमार्गी र सिरोहियाबीच २०७० सालमा तीनकुनेस्थित एक जग्गाको कारोबार भएको थियो । सिरोहियाको कम्पनीको स्वामित्वमा रहेको काठमाडौं मार्ट प्रालिको नाममा रहेको जग्गा सुमार्गीले किनेका थिए । त्यसको केही समयपछि सिरोहियाले सो जग्गा पुरानै मोलमा फिर्ता मागेको आरोप सुमार्गीले पत्रकार सम्मेलन गरेरै लगाएका थिए । सिरोहियाको प्रस्ताव स्वीकार नगरेपछि आफूविरुद्ध मिडियाको दुरुपयोग गरिएको सुमार्गीको आरोप थियो । २०७० सालमा साढे पाँच रोपनी जग्गाको कारोबार करिब २४ करोड रुपैयाँमा भएको बताइएको छ । 

२०७४ सालमा पुस र माघ महिनामा सुमार्गी र सिरोहियाबीच आरोप प्रत्यारोपको शृङ्खला नै चलेको थियो । कान्तिपुरले गोल्डेन शेयर माग्ने गरेको आरोपलाई सिरोहियाले ठाडै अस्वीकार गरेका थिए । अन्तिममा यो विवाद अदालत प्रवेश गरेको थियो । सुमार्गीले आफू र आफ्नो परिवारको सुरक्षाका लागि प्रहरी प्रशासनसमेत गुहारेका थिए । 

यो पनि