बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा आज थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७ हजार ९५९ र ललितपुरमा १३ हजार ७७४ संक्रमित पुगेका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।सोमबार देशभर १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि