चैत १५, २०८०, बिहीबार
               

धर्म र संस्कृति साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएको बताएका छन् ।

श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र ओजिलो बनेको उल्लेख गरे ।

धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उनको भनाइ छ । ‘धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै गएका छन्, जसले समाजमा भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको छ’, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् । 

काठमाडौंका विभिन्न स्थानमा रहेका प्राचीन गुरुनानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेको बताउँदै उनले भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका ती दुर्लभ ग्रन्थ हाम्रा लागि गौरवका विषय भएकाले गुरुनानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसङ्ख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको जनाउँदै उनले संवैधानिकरूपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानको व्यावहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरे । उनले गुरुनानक जयन्तीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन आग्रह गरे । 

यो पनि