बैशाख ०७, २०८१, शुक्रबार
               

तीन एकदिवसीय सिरीजमा अष्ट्रेलिया विजयी

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

भारतविरुद्धको तीन एकदिवसिय सिरीजमा अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । दोस्रो एकदिवसीय खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले अन्तिम खेल अगाडि नै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन सय ८९ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक १४२ रनको साझेदारी गरेको थियो । जमा आरोन फिन्चले ६० रनको योगदान गरे । यस्तै डेविड वार्नरले ८० रनको योगदान गरे । जसका कारण एक सय ५६ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि स्टिभ स्मिथ र मार्नुस लाबुचाग्नेले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍यायो । स्मिथले करियरको ११ औं शतक बनाउने क्रममा १०४ रन बनाए । जसमा उनले ६४ बलमा १४ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मार्नुसले ७० रनको योगदान गरे । अन्तिममा ग्लेन म्याक्सवेलले विस्फोटक पारी खेल्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनले २९ बलमा ६३ रन बनाए । जसमा चार चौका र चार छक्का प्रहार गरे ।

जवाफमा भारत ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ३८ रन बनायो । मध्य क्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । ५८ रनमा पहिलो विकेट गुमाएको भारतले ६० रनमा दोस्रो विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि कप्तान विराट कोहली र श्रेयस ऐयरबीच ९७ रनको साझेदारी भएको थियो । तर त्यसपछि अरु खेलाडीबीच खासै राम्रो साझेदारी हुन सकेन ।

भारतका लागि मायांक अग्रवालले २८ रन बनाए भने शिखर धवनले ३० रन बनाए । यस्तै श्रेयस ऐयरले ३८ रन बनाउँदा हार्दिक पाण्ड्याले पनि २८ रन बनाए । साथै कप्तान कोहलीले ८९ रन बनाए भने लोकेश राहुलले ७६ रन बनाए । यस्तै रविन्द्र जडेजाले २४ रन बनाए । बलिङमा प्याट कुमिन्सले तीन तथा जोस हेजलहुड र एडम जाम्पाले दुई दुई विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि