बैशाख १३, २०८१, बिहीबार
               

फिफा वरीयतामा नेपाल एक स्थान झर्‍यो

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । 

कोरोना महामारी शुरु भएको ९ महिना पछि पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशसँग पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल भने गोलरहित बराबरी गरेको थियो । नेपालले ९६८ अंक हासिल गरेको छ । नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ ।  एसियामा भने नेपाल ३४औं स्थानमा छ ।

चार स्थान सुधार गरेको भारत १०४औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५५औं स्थानमा यथावत छ । भुटान १८९औं स्थानमा र पाकिस्तान २००औं स्थानमा यथावत छ । श्रीलंका २०६औं स्थानमा यथावत छ । विश्व वरीयताको बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्लयाण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् । अर्जेन्टिना एक स्थान उक्लदै सातौंमा पुग्दा उरुग्वे एक स्थान तल आठौंमा झरेको छ । दुई दुई स्थान सुधार गरेको मेक्सिको र इटली क्रमश: नवौं र दशौँ स्थानमा छ । एसियन राष्ट्रहरुमध्ये जापान सबैभन्दा अगाडि २७औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि