बैशाख ०७, २०८१, शुक्रबार
               

भारतविरुद्ध अस्ट्रेलिया ६६ रनले विजयी

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले पराजित भएको छ । यो हारसँगै भारत तीन खेलको सिरिजमा एक शून्यले पछाडि परेको छ ।

सिड्नी क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट खेर फाल्यो । अस्ट्रेलियाले सुरुआत राम्रो गरेको थियो । फिन्चले अर्का ओपनर डेभिड वार्नरसँग मिलेर १५६ रनको सुरुवाती साझेदारी गरे ।

वार्नरलाई ६९ रनको स्कोरमा मोहम्मद सामीले आउट गरेपछि आएका स्मिथसँग मिलेर फिन्चले दोस्रो विकेटका लागि १०८ रनको ठोष साझेदारी गरे ।

चालीसौं ओभरको अन्तिम बलमा जसप्रित बुमराहको बलमा आउट हुनुअघि फिन्चले १२४ बलमा ९ चौका र २ छक्कासहित ११७ रनको सानदार सतकीय पारी खेले । एक दिवसीय करिअरमा उनको १७ औं शतक हो भने उनले ५ हजार एकदिवसीय रन पनि पूरा गरेका छन् ।

फिन्चपछि आएका मार्कस स्टोइनिस पहिलो बलमै युजवेन्द्र चहलको बलमा बोल्ड भए । तर पाँचौं नम्बरमा आएका ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरी इनिङ उकासे ।

१९ बलमा ५ चौका र ३ छक्कासहित ४५ रन बनाएर आउट भएका म्याक्सवेलले चौथो विकेटका लागि स्मिथसँग ५७ रनको अर्धशतकीय साझेदारी गरे । स्मिथले ६२ बलमा शतक पूरा गरे । जुन अस्ट्रेलियाका ब्याट्म्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको मध्ये तेस्रो तीव्र शतक हो ।
४९ औं ओभरमा शतक बनाउँदा उनले १० चौका र ४ छक्का प्रहार गरे । यो उनको एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको दशौं शतक हो ।

उनी इनिङको ३ बल बाँकी हुँदा १०५ रनको स्कोरमा आउट भए । ६६ बलमा ११ चौका र ४ छक्का प्रहार गरेका उनलाई मोहम्मद सामीले बोल्ड गरेका हुन् ।

भारतका मोहम्मद सामीले ३, बुमराह, नवद्धीप सैनी र चहलले १/१ विकेट लिए ।

जवाफमा भारत ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रनमा रोकियो । त्यति राम्रो सुरुवात गर्न नसकेको भारतले ५३ रनमा पहिलो विकेट गुमाएको थियो । तर उसका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । जसका कारण उसले १०१ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

भारतका लागि मायांक अग्रवालले २२ रन बनाए भने कप्तान विराट कोहलीले २१, श्रेयस ऐयर मात्र दुई रनमा आउट भए । यस्तै लोकेश राहुल १२ रनमा पेभेलियन फर्किए । पाँचौ विकेटका लागि शिखर धवन र हार्दिक पाण्ड्याले शतकीय साझेदारी गर्दै टिमको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए । तर धवन ७४ रनमा आउट भएपछि उनीहरूको साझेदारी टुंगिएको थियो ।

त्यसपछि हार्दिक पाण्ड्या पनि ९० रनमा आउट भएपछि भारतको पारी निकै कमजोर बनेको थियो । यस्तै रविन्द्र जडेजाले २५ रन बनाउँदा नभदिप सैनीले २९ रनको योगदान गरे ।

बलिङमा एडम जाम्पाले चार विकेट लिए भने जोस हेजलउडले तीन विकेट हात पारे ।

यो पनि