बैशाख ०५, २०८१, बुधबार
               

धर्मगुरुबाटै २३ वर्षीया युवती बलात्कृत

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

लहान । सिरहामा एक युवती धर्मगुरुबाटै बलात्कृत भएकी छन् । 

लहानकी २३ वर्षीया युवती स्लाम धर्मगुरु मौलानाबाट बलात्कृत भएको आफन्तजनको आरोप छ ।

युवतीको जाहेरीपछि मिर्चैया नगरपालिका–१० महेशपुर घर भई लहानमा बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसन पक्राउ परेका छन् ।

गत मंगलबार साँझ लहान–७ की मुस्लिम युवती बिरामी भएपछि मौलानाकोमा गएकी थिइन् ।

परिवारसहित पुगे पनि मौलानाले अरुलाई बाहिरै राखेर युवतीलाई मात्रै भित्र लगेका थिए ।

झारफुकको समेत काम गर्दै आएकाले उनको डेरामा पुगेको र झारफुक गर्ने बहानामा युवतीलाई बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

बलात्कार गरेपछि मौलानाले घटना सार्वजनिक नगर्न दबाब दिएको युवतीले प्रहरीलाई बताएकी छन् । 

सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिकराम शर्माले उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यो पनि