बैशाख ०७, २०८१, शुक्रबार
               

‘नोभेम्बर रेन’ पछि ‘डिसेम्बर फल्स’मा अभिनय गर्दै आर्यन सिग्देल

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेता आर्यन सिग्देलले फिल्म ‘डिसेम्बर फल्स’मा अभिनय गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माण सम्बन्धी जानकारी दिइयो ।

फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । नायिका को रहने भन्ने अझै तय भएको छैन ।

रामप्रसाद रिजालको प्रस्तुतिमा फिल्म तयार हुनेछ भने फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । रवि नायडुले फिल्म छायांकन गर्ने भएका छन् । बिपी खनालले लेखेको यो फिल्मलाई केदार भुसालले पटकथा र संवादमा ढालेका हुन् ।

निर्माण टिमले फिल्मको छायांकन माघ ४ गतेदेखि सुरु गरिने बतायो । फिल्मको प्रदर्शन भने आगामी वर्षको साउन १ गते गरिने जनाइएको छ । 

आर्यन ‘नोभेम्बर रेन’ फिल्मपछि पर्दामा खासै देखिएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि