बैशाख १४, २०८१, शुक्रबार
               

‘प्रसाद’ युट्युबको शीर्ष स्थानमा

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।

सिनेमा घरमा दर्शकको साथ पाएको यो फिल्मलाई समीक्षकले पनि रुचाएका थिए । फिल्म टिम यसको प्रिक्वेल निर्माणमा जुटिरहेका बेला यो फिल्म युट्युबमा रिलिज गरिएको थियो ।

तीन दिनअघि युट्युब रिलिज गरिएको यो फिल्मले युट्युबमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद’ लाई सुशील पौडेलले लेखेका हुन् भने सुभाष थापाले निर्माण गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि