बैशाख १३, २०८१, बिहीबार
               

फुटबलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १–० गोलले हार्यो

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १–० गोलले हारेको छ ।

गएराति भएको उक्त खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १–० गोलले हराएको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए ।

एटलेटिको म्याड्रिडले ला लिगाको पछिल्लो २४ खेल जितेको छ । यो जितसँगै एटलेटिको ला लिगामा दोस्रो स्थानमा प्रवेश गरेको छ । एटलेटिको म्याड्रिडले ८ खेलमा २० अंक बनाएको छ ।

यस सिजनमा ८ खेलमा एटलेटिकोले ६ जित र दुई बराबरी खेलेको छ। साथै यस सिजनको ला लिगामा कुनै पनि खेलमा हार नबेहोरेको टिम एटलेटिको मात्र रहेको छ ।

साथै, बार्सिलोनाले भने यस सिजनको लिगमा तेस्रो हार बेहोरेको हो ।

बार्सिलोना ८ खेलमा ११ अंकसहित लिगको १०औ स्थानमा खस्किएको छ । गएराति नै भएको अर्को खेलमा रियल मड्रिड भिल्लारियलसँग ११ को बराबरीमा रोकिएको छ। 


कस्तो लाग्यो ?

यो पनि