चैत १५, २०८०, बिहीबार
               

कोरोनाबाट वरिष्ठ चिकित्सक डा. मुडभरीको निधन

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसिआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिए ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्‍याएका डा मुडभरी ओम अस्पतालका संस्थापक समेत हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि