बैशाख ११, २०८१, मंगलबार
               

बङ्गलादेशमा संक्रमितकाे संख्या चार लाख ४५ हजार नाघ्यो

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएकमो छ । बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् । तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि