चैत १६, २०८०, शुक्रबार
               

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।


कस्तो लाग्यो ?

यो पनि