चैत १६, २०८०, शुक्रबार
               

कटुवा पेस्तोलसहित  पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

सिरहा । प्रहरीले आज औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता  शालिग्राम शर्माले जानकारी दिए । स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छठपर्व मनाउन घाट पुगेका दासलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि