बैशाख ०८, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए ८९९ संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसारकाठमाडौंमा मात्रै ६८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ४९ जना र ललितपुरमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, शनिबार देशभर एक हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि