बैशाख १३, २०८१, बिहीबार
               

विश्वभर कोरोना संक्रमण सुरुको ६ महिनाभन्दा यो महिनामा बढी, अमेरिकामा सबैभन्दा धेरै

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

विश्वभर कोरोना संक्रमण अघिल्लो ६ महिनाभन्दा यो महिना अधिक, अमेरिकामा दैनिक १३०० जनाको मृत्यु
विश्वभर कोभिड-१९ को संक्रमणदर यो महिना अत्याधिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना महामारी शुरु भएको ६ महिनामा भन्दा पछिल्लो ४ हप्तामा कोभिड-१९ संक्रमण दर बढी देखिएको संगठनले जनाएको हो ।

संगठनका निर्देशक टेड्रोस अधनमले यस महामारीका कार युरोप र अमेरिकाका अस्पतालहरु भरिएको शुक्रवारको नियमित ब्रिफिङमा बताए ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार विश्वभर ५ करोड ७४ लाख बढी मानिसहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी कोभिड-१९ संक्रमणका कारण १३ लाख ५० हजार बढी मानिसहरुले ज्यान गुमाइसकेका छन्।

संक्रमणदर युरोपमा पनि बढ्दो छ । अहिलेसम्म युरोपमा एक करोड ५० लाख मानिसहरुलाई संक्रमण पुष्टि भएको छ । भारतमा ९० लाख बढी मानिसहरुमा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय मेक्सिकोमा मृत्युदर पनि बढ्दो छ । मेक्सिकोमा कोरोना संक्रमणका कारण एक लाख मानिसको ज्यान गएको जोन हप्किन्सको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु धेरै हुनेमा मेक्सिको चौथो देश भनेको छ । कोभिड-१९ संक्रमणका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । यहाँ दुई लाख ५४ हजार बढी मानिसको ज्यान गइसकेको छ । त्यसपछि ब्राजिलमा एक लाख ६८ हजार बढी र भारतमा एक लाख ३२ हजार बढी मानिसको मृत्यु भइसकेको जोन हप्किन्सले जनाएको छ ।

कोरोना संक्रमण हुने देशहरुको सूचीमा अमेरिका सूचीको सबैभन्दा माथि रहेको छ । अमेरिकामा एक करोड १९ लाख बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जोन हप्किन्सका अनुसार कोभिड-१९ संक्रमणका कारण अमेरिकामा दैनिक १३ सय मानिसहरुको मृत्यु भइरहेको छ । अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित बनेको छ। यसै कारणले यहाँका विद्यालयहरु बन्द भइसकेका छन् ।

कोरोना महामारीमा विश्वले अहिले पर्खिरहेको चिज हो यसको खोप। यसका लागि अमेरकी औषधि कम्पनी फाइजर र यसको जर्मन पार्टनर बायोनटेकले खोप तयार पारिसकेको दाबी गरेको छ । अनुमति प्राप्त हुनसाथ खोप वितरण गर्न आफू तयार रहेको कम्पनीले जनाइसकेको छ ।  अमेरिकाका हेल्थ सेक्रेटरी एलेक्स अजरले युनाइटेड स्टेट्स फुड एण्ड ड्रग एड्मिनिसट्रेसन (एफडिए)ले उक्त खोप लगाउनका लागि सुरक्षित भए नभएको निर्णय गर्ने शुक्रवार जनाएको छ। यो खोप ९५ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि