बैशाख १३, २०८१, बिहीबार
               

सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नेकपाकै कार्यकर्ताद्वारा नाराबाजी

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

चितवन । पूर्वीचितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी एक कार्यक्रममा नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका छन् । पाण्डे सहभागी सो कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

मदनभण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले उनीविरुद्ध नारावाजी गरेका थिए । पाण्डेविरुद्ध नाराबाजी गर्दै उनीहरुले पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनका कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी दिएका छन् । 

नेकपा राप्ती नगरकमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछि्रंखलता देखाएको बताए ।

यो पनि