बैशाख १४, २०८१, शुक्रबार
               

शनिबार थपिए पौने १७ सय संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । 

हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।  त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ९३ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।  

साथै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ३०५ पुगेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि