बैशाख १४, २०८१, शुक्रबार
               

एकैदिनमा थपिए २३ हजार संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

जर्मनीमा कोरोनभाइरसबाट संक्रमितहरूको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना संक्रमित भएका हुन् । 

कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना संक्रमित भएका छन् । 

जर्मनीमा कोरोनाभाइरसबाट संक्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।  

संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ । एक दिन अगाडि एकैदिन संक्रमित भएकाहरूको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरूको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो । 

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना संक्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि