बैशाख ०८, २०८१, शनिबार
               

अबको चार महिनाभित्र थप डेढ लाखमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन् ।

शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन् ।

उनले भने, ‘सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो । तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको छ ।’

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिरहेको पनि मन्त्री ढकालले दाबी गरे ।

त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए ।

कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए ।

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए ।

यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि