बैशाख १३, २०८१, बिहीबार
               

सेञ्चुरी बैंकको अनलाइन एकाउन्ट सेवा सञ्चालनमा

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट (अनलाइन एकाउन्ट) सेवा सञ्चालनमा ल्याएको छ । 

कोरोना महामारीको समयमा बैंकका सेवाग्राहीहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले (डिजिटल बैंकिङ्गलाई) अझै सहज बनाउने प्रयास स्वरुप दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो । 

ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । 

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै उक्त बचत खातामा प्रवर्धनको निम्ति बढि ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नासाथ तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सक्नेछन् । यस सेवा मार्फत ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन पाँच हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँसम्म नगद कारोबार गर्न सकिनेछ ।        

सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सक्नेछन् । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँससम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । 

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ । 

यो पनि