बैशाख ०८, २०८१, शनिबार
               

‘कोरोना भ्याक्सिन’ निर्माणाधीन कम्पनीहरुका डाटा चोरी गर्न साइबर हमला

एजेन्सी
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।

भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता लागेको माइक्रोसफ्टको भनाई छ ।

एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्टले भनेको छ, ‘महामारी विरुद्ध लडिरहेका स्वास्थ्य सम्बद्ध संस्थाहरुलाई अबरुद्ध पार्नका लागि साइबर आक्रमणको प्रयोग गरिँदैछ । हामीले पछिल्लोपटक फेला परेको यस्तै खाले आक्रमणको जानकारी सार्वजनिक गरेका छौँ । र, यस्तो साइबर आक्रमण विरुद्धमा तत्काल कदम चाल्न सरकारहरुसँग आग्रह गर्दछौँ ।’

यद्यपि कोरोना भ्याक्सिन विरुद्ध भएका हालसम्मका त्यस्ता साइबर आक्रमणमध्ये अधिकांस असफल भएको बताइएको छ । तर सफल भएका ह्याकरहरुले के कस्ता डाटा चोरी गर्न सफल भए ? भन्ने बारेमा चाहीँ खुलाइएको छैन ।

समाचार अनुसार क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया तथा अमेरिकाका औषधि उत्पादक र भ्याक्सिन अनुसन्धाता कम्पनीहरु ह्याकरको निसानामा परेका छन् ।

ह्याकरको निसानामा पर्नेमध्ये अधिकांस कम्पनीहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादनको प्रयास गरिरहेका छन् र हाल भ्याक्सिनको चिकित्सा परीक्षणको विभिन्न चरणमा रहेका छन् ।

ह्याकिङमा संलग्न प्रमुख ह्याकरको नाम स्ट्रोन्टियम रहेको छ । फ्यान्सी बेयर भनिने उक्त ह्याकर समूह रुसबाट सञ्चालित छ । त्यस्तै उत्तर कोरियाका दुईवटा ह्याकर समूह जिंक र सेरियम पनि साइबर आक्रमणमा संलग्न रहेको बताइएको छ ।

स्मरण रहोस् केही महिनाअघि मात्र अमेरिकाको संघीय जाँच ब्यूरोले अमेरिकामा कोरोना भाइरस विरुद्ध चलिरहेको अनुसन्धानका डाटा चोर्न चिनिया ह्याकरहरुले प्रयास गरिरहेको आरोप लगाएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि