चैत १६, २०८०, शुक्रबार
               

विश्व फुटबलमा स्वीडेनलाई ४–२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व फुटबलमा स्वीडेनलाई ४–२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिगअन्तरगतको उक्त फुटबल खेलको सेमिफाइनलमा फ्रान्स प्रवेश गरेको हो ।

मंगलबार राति भएको सो खेलमा फ्रान्सले स्वीडेनलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । घरेलु टिम फ्रान्सको जितमा ओलिभर जिराडले दुई गोल गर्दा बेन्जामिन पाभार्ड र किंग्सले कोमानले गोल गरेका थिए ।

त्यस्तै, स्वीडेनको लागि भिक्टर क्लासन र रोविन क्वाइसनले १–१ गोल गरेका थिए भने चौथो मिनेटमै पछि परेको फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हासील गर्यो । स्वीडेनका भिक्टरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको १६ औँ मिनेटमा ओलिभरले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरी दिलाएका थिए । खेलको ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाएका थिए ।
 

यो पनि