बैशाख ०८, २०८१, शनिबार
               

नेपाल र बंगलादेशको खेल बराबरी

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो फुटबल प्रतियोगिता गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।

दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरे पनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए । पहिलो खेल हारेकाे नेपालले  सुधार गर्दै खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो ।

यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २-० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।


कस्तो लाग्यो ?

यो पनि