बैशाख ०५, २०८१, बुधबार
               

फिफा विश्वकप छनोटमा चिलीको पहिलो जित

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे । खेलको २०औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

३५औँ मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो ।

विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैठौँ स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि