बैशाख ०६, २०८१, बिहीबार
               

अब के हुन्छ महरालाई ?

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा जुन अभियोगमा जेल गए, त्यो गलत प्रमाणित भएको छ ।

जिल्ला अदालत काठमाडौँले बलात्कार प्रयासको अभियोग पुष्टि नभएको भन्दै महरालाई सफाइ दिएपछि पहिलो चरणको कानुनी निपटारा भएको छ ।

महरा जुन अभियोगमा सभामुखबाट पूर्वसभामुख बने । आखिर त्यो अभियोग प्रमाणित भएन । यो कानुनको पाटो हो । 

महराले सांसद पदबाट राजीनामा गर्न भने अस्वीकार गरेका थिए । महराले राजीनामा नगरेकै कारण उनको सांसद पद भने जोगिएको छ ।

उनी सभामुख हुँदा भदाै २२ गते राति रोशनी शाहीको घरमा जसरी पुगे ? त्यहाँ के के भयो ? र, रोशनीले सुरुमा मिडिया र केही नेताहरूलाई के के भनिन् ? त्यो आफ्नै ठाउँमा छ । तर बलात्कार प्रयासको अभियोग प्रमाणित नभएपछि महरा रिहा भएका छन् । 

यो प्रकरण यता मुलुकमा के कस्तो परिवर्तन आयो त ? महराको ठाउँमा सभामुख बनेका छन् नेकपाका नेता अग्निप्रसाद सापकोटा । यता, अदालती भाषामा भन्दा बीना कसुर १०३ दिन कारागारमा बसेका महराको सम्भावित सुनौलो राजनीतिक भविष्य अब पुरानै लयमा फर्कने छाँट कमै छ ।

सभामुखबाट राजीनामा गर्न नेकपा नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिए । महराले सहजै त्यो स्वीकारेका थिए । तर महराले शिर्ष नेताकाे निर्देशनको अवज्ञा गर्दै उनले सांसद पदबाट राजीनामा गर्न भने अस्वीकार गरेका थिए । महराको त्यही अडानले उनको उनको सांसद पद भने जोगिएको छ ।

अब के हुन सक्छ त ? महराविरुद्ध लागेको मुद्दा सरकारवादी हो । यसमा सरकार हारेको छ । सरकारले चाहेमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छ । तर यस्ता सबै मुद्दामा सरकार पुनरावलोकनमै जान्छ र जानैपर्ने भन्ने हुँदैन । आदेश हेरेर महान्यायाधिवक्ताको कार्यालय मातहत हुने सरकारी वकिलको कार्यालयले यसबारे निर्णय लिने सक्छ । 

संसद् सचिवालयकी कर्मचारी जसले सुरुवातमा महराविरुद्ध खुलेर आरोप लगाएकी थिइन् । उनको कारण महराको पद, मान र प्रतिष्ठा गुमेको छ । यो घटनामा को दोषी वा निर्दोष भन्दा पनि उच्च ओहदामा बसेको व्यक्तिले उच्च नैतिकता प्रदर्शन गर्न आवश्यक छ भन्ने सन्देश दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि