बैशाख ०८, २०८१, शनिबार
               

अमेरिकी राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा जो बाइडेनलाई २९० इलेक्टोरल भोट

एजेन्सी
कात्तिक २८, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् ।

एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् । ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले एरिजोनामा १६ लाख ६८ हजार ६ सय ८४ मत प्राप्त गर्दा ट्रम्पले १६ लाख ५७ हजार २ सय ५० मत प्राप्त गरे ।

बाइडेन विजयी भइसक्दा निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुल २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सन् १९९६ यता पहिलो पटक एरिजोनामा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् ।

यसअघि सन् १९९६ मा बिल क्लिन्टन एरिजोनामा विजयी भएका थिए । फक्स न्युज र समाचार संस्था एपीले भने चुनाव सम्पन्न भएकै राति एरिजोनामा बाइडेन विजयी हुने प्रक्षेपण गरेका थिए ।

शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी नै छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन्  ।


कस्तो लाग्यो ?

यो पनि