चैत १६, २०८०, शुक्रबार
               

प्रा. डा. जयन्तनाथ खनालका सामयिक १० ट्‌वीट

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापक डा. जयन्तनाथ खनाल आफ्नो व्यवसायिक कर्ममा जति अब्बल छन्, उत्तिकै विश्व परिवेश र नेपाली राजनीतिक एवं सामाजिक क्षेत्रमा पनि चासो र जानकारी राख्ने गर्दछन् । 

विश्वविद्यालय प्राध्यापक प्राज्ञिक समूहको अध्यक्षसमेत रहेका खनाल मुख्यतया जनसरोकारका मामिलामा आफ्ना दर्बिला धारणा राख्ने गर्दछन् । कहिले लेख रचनामार्फत त कहिले सामाजिक सञ्जालबाट उनले आफ्ना मान्यता राख्ने गरेका छन् । उनका अधिकांश धारणा जनपक्षीय र मननीय हुने गरेका छन् । 

डा. खनालका १० ट्‍वीट

अमेरिकी चुनावपछि नवनिर्वाचित राष्ट्रपतिका अभिव्यक्तिलाई नेपाली नेतासँग तुलना गर्दै खनालले लेखेका छन् :

डेमोक्र्याट बिडेनले रिपब्लिकन ट्रम्पको जवाफमा हामी शत्रु होइनौ प्रतिपक्षी हौ भनिरहेका छन् तर हामी आफ्नै पार्टीमा एकाअर्कालाई जाली, झेली, फटाहा, हुल्लडवाज, सडक छाप जस्ता तुच्छ वचनले आरोप प्रत्यारोप गरिरहेका छौ ! संविधानमा लेखेर मात्र हुदैन संसारले लोकतान्त्रिक मान्न संस्कार पनि चाहिन्छ !

नेकपा विवादको सन्दर्भमा

तीन पुर्व प्रम र दुई पुर्व उपप्रमको गरिमामय उपस्थिति रहेको नेकपाका कार्यकारी अध्यक्षबाट बोलाइएको सचिवालयको अनौपचारिक बैठकले अर्का अध्यक्ष तथा बहालवाला प्रमलाई औपचारिक बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेछ ! क्रान्तिकारीहरुले बहादुरीका साथ चिसो पानीले नुहाउन स्वीकार गरेको अवस्था !

नेपालको नामको सन्दर्भमा

नेपाल एक प्राचीन तथा दक्षिण एशियाको जेठो मुलुक हो ! नेपाल शब्दले देशलाई शाह, मल्ल, लिच्छवी, किरात, गोपाल बंश हुँदै ऋृषिमुनी र पौराणिककालसम्म जोड्छ ! सरकारले नेपाल नामबाट संघीयता र गणतन्त्र शब्द हटाएकोमा अनेक काण्डमा निदाउने प्रमुख प्रतिपक्ष भने बिउझेछ ! हन, यी विपिका कि बिजेपिका अनुयायी हुन् ?

नेकपाबारेमा खनालले पुन: लेखेका छन् :

कार्यकर्ताको पार्टी फुट्ने पीर देखेर ताज्जुब लाग्छ ! न हिजो साविक पार्टीका नेता स्वेच्छाले एक भएका थिए, न फुटाउने हैसियतमा छन् !नेपालमा नेकपाको मात्रै होइन, प्रायः नाम चलेका पार्टीको एकता वा विभाजनमा उत्तर र दक्षिणका देव, देवीको हानाथाप हुन्छ ! हारजित उनको हो, अरुले खुसी, दुखी हुने काम छैन !

भारतीय नेता र पशुपतिनाथबारे

भारतीय नेता तथा पदाधिकारी जो आए पनि पशुपतिनाथ पुग्छन् र शीर निहुर्‍याउछन् ! बरु दुनियाँ चकित पार्ने परिवर्तन ल्याउने हाम्रा नेताहरु आमजनतालाई चकित पार्नेगरी कहिले पशुपति पुगेको देखिएको छैन ! शायद तिनका निम्ति हरेक उच्च पदस्थ भारतीयनै शीर झुकाउनेदेखि नाक रगड्नेसम्मका पशुपतिनाथ हुन्!

नि:शुल्क खानाबारे

गरिबलाई खुलामञ्चमा खाना खुवाउने अभियन्ताहरुलाई विद्या सुन्दरले काठमाडौंलाई मगन्तेको शहरको रुपमा विश्वमा नचिनाउन आग्रह गरेछन् ! यस्तो निवेदन उनले नेपालको परिचय मगन्ते देशको रूपमा नबनाउन आफ्नो नेतालाई पनि गरेको भए हुने ! मल पैचो माग्दा नपत्याउनेहरुको चामलको भात खानेका सामु कत्रो फुर्ती !

नि:शुल्क खाना र उपचारको सन्दर्भमा

समाजवादउन्मुख राज्य व्यवस्था ! संविधानमा खाद्य तथा स्वास्थ्य सम्बन्धी मौलिक हक समेतको उल्लेख छ ! तर गरिबलाई नि:शुल्क खाना खुवाउने अभियान जिम्मेवार निकाय महानगरपालिकाले रोक्छ र सरकारी अस्पताल स्वयं कोरोना उपचारको शुल्क तोक्छ ! अनि यो सार्वभौमसत्ताका मालिक जनताले बनाएको संविधान रे ! इस् !

महामारीमा सत्ता खेलबारे

बेलायत, फ्रान्स, जर्मनी जस्ता देशले बढ्दो महामारी रोक्न अनेक उपाय अपनाउदै छन् ! जनसंख्याको अनुपातमा नेपालमा संक्रमण दर पनि भयावह भैसक्यो ! तर नेपालमा सत्तारूढ दलको सम्पूर्ण ध्यान खाली सत्ताको लुछाचुडीमा छ ! भोक, रोग र शोकसँग लडिरहेका जनता कतै सडकमा निस्केर चुनाव अगावै चाउचेस्कु नबनाई दिउन् !

राष्ट्रप्रमुखको राजसी ठाँटबारे

चान्सलर एन्जेला मर्केल आफ्नो सामान आफै किन्छिन् ! उनी राज्यबाट तलब बाहेक कुनै सुविधा लिन्नन् ! हाल एक पत्रकारले सोधे- तपाईँको यो लुगा दस बर्षअघिको फोटोमा पनि छ, याद छ ? उनले भनिन- मेरो मिसन जर्मन जनताको सेवा हो, तिनको करमा मोडल हुने होइन, यो याद छ ! राष्ट्रपति र राष्ट्रभक्ति यस्तो पो हुनुपर्छ !

संस्कारबारे !

वर्तमान राष्ट्रपति तथा तत्कालीन राजा आफ्ना आमासँग दशैको टीका ग्रहण गर्दाको दुई दृश्य ! टिप्पणी-आआफ्नो संस्कार हो !


कस्तो लाग्यो ?

यो पनि