बैशाख ०७, २०८१, शुक्रबार
               

फाइनल प्रवेशका लागि आज दिल्ली र हैदरावाद भिड्दै

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । 

आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे  खेल सुरु हुनेछ । पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो भने हैदरावाद इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो । 

फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज दुवै टिम जितको खोजीमा हुनेछन् । आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि साविक बिजेता मुम्बई इण्डियन्सको सामना गर्नेछ ।

लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि