बैशाख ०८, २०८१, शनिबार
               

विजयी भएको घोषणा नगर्न बाइडेनलाई ट्रम्पको चेतावनी

एजेन्सी
कात्तिक २२, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।

जबकी उनी स्वयंले भने अगाडि नै आफू विजयी भएको घोषणा गरेका थिए ।

डेमोक्र्याटीक पार्टीका नेता बाइडेन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै सुरु भएको छ ।’

कानुनी प्रक्रिया सुरु भएपछि आफ्नो अग्रता फेरि फर्किने ट्रम्पको विश्वास छ । उनले ट्विटरमा थप लेखेका छन्, ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ ।’

मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर ट्रम्पले धाँधली भएको प्रमाण पेश गर्न नसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि रहेको बताइएको छ ।

बिबिसीका अनुसार एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडनको अग्रता छ । जर्जियामा अमेरिकी सैनिकको भोटबाट ट्रम्प अगाडि आउन सक्ने अनुमान पनि लगाइएको छ ।

जर्जियामा बाइडन ४ हजार २ सय भन्दा बढी मतले अगाडि छन् । अटलान्टा नजिकको ग्विनेट काउन्टीको ७ हजार भोट गणना भइसक्दाको परिणाम हो । अझै ८ हजार ८ सय ९० मिलिटरी पोष्टल भोट गन्न बाँकी छ ।

अमेरिकाका ५० मध्ये ४४ राज्यको मतगणनाको परिणाम आइसकेको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडनले २५३ र ट्रम्पले २१४ मत पाएका छन् ।

-बिबिसी

यो पनि