बैशाख १४, २०८१, शुक्रबार
               

फाइनल प्रवेशका लागि मुम्बई र दिल्लीबीच आज प्रतिस्पर्धा हुँदै

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायर खेल आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार पौने ८ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई १८ अंकका साथ शीर्ष र दिल्ली १६ अंकका साथ दोस्रो स्थानका साथ क्वालिफायर खेलेका हुन् ।

चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा पुग्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने सोचका साथ मैदान प्रवेश गर्नेछ । उपाधिका दाबेदार यी दुई टोलीबीच कडा प्रतिस्पर्धा आशा गरिएको छ । आइपिएलमा हालसम्म दिल्ली र मुम्बईबीच कुल २६ खेल भएको छ । दिल्ली १२ खेलमा विजयी हुँदा १४ खेलमा पराजित भएको छ ।

आजको विजेता आइपिएलको फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः अवसर पाउने छ । शुक्रबार तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुने छ । विजेता पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने छ । जसको विजेता फाइनलमा प्रवेश गर्ने छ । आइपिएलको फाइनल मंगलबार दुबईमा हुने छ ।


     
यो पनि