बैशाख १२, २०८१, बुधबार
               

हारसँगै पन्जाब आइपिएलकाे लिग चरणबाट बाहिरियो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्न चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ ।

चेन्नई यसअघि नै आइपिएलकाे लिग चरणबाट बाहिरिसकेको हाे । जितका लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद अन्त्य गरेको हो ।

चेन्नईका ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि ९.५ ओभरमा ८२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी क्रिस जोर्डनले फाप डु प्लेसिसलाई कप्तान राहुलबाट क्याच गराउँदै तोडेका थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।  चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो ।

जारी आइपिएलमा मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्ये तीन टोलीले प्ले अफमा स्थान बनाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि