बैशाख ०७, २०८१, शुक्रबार
               

फ्रेन्च लिगमा पीएसजी विजयी

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । शनिबार सम्पन्न खेलमा नन्टेसमाथि ३-० ले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पीएसजीले तीन गोल गरेको हो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै हेरेराले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाए । 

त्यस्तै ६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । नन्टेसका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमा एम्बाप्पेले गोल गरेका हुन् ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि