बैशाख ०७, २०८१, शुक्रबार
               

जितसँगै लिभरपुल शीर्ष स्थानमा

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेस्टह्‍यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलको १०औं मिनेटमा वेस्टह्‍यामका फोर्नाल्सले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा सलाहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उ

दोस्रो हाफमा थप एक गर्दा लिभरपुलका लागि जोटाले गोल गरे । उनले खेलको ८५औं मिनेटमा हेर्डन साकिरीको पासमा गोल गर्दै लिभरपुललाई २-१ को पुनरागमन जित दिलाएका हुन् ।

यस जितसँगै लिभरपुलले ७ खेलबाट ५ खेलका जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि