बैशाख १३, २०८१, बिहीबार
               

हैदरावादद्वारा बैंङलोर ५ विकेटले पराजित

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौँ । दुबइमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैङलोरलाई ५ विकेटले पराजित गरेको छ । बैङलोरकाे हारसँगै प्लेअफ यात्रा थप राेमाञ्भक बन्नुका साथै अन्तिम खेलबाट मात्र टुङ्गो लाग्ने भएकाे छ । 

गएराति सम्पन्न खेलमा बैङलोरले दिएको १२१ रनको लक्ष्य पछाएको हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

हैदरावादका लागि रिद्धिमान शाहले ३९ रन बनाए भने मनिष पाण्डेले २६ रन बनाए । त्यस्तै डेविड वार्नरले ८ रन, केन विलियम्सन र अभिषेक शर्माले ८-८ रन बनाएका थिए । त्यस्तै जासन होल्डरले १० बलमा अविजित २६ रन बनाएका थिए ।

बैङलोरका लागि युजवेन्द्र चहलले २ विकेट लिए भने वाशिंटन सुन्दर र नवदीप सैनीले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैङलोरले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन बनाएको थियो ।

बैङलोरका लागि जोश फिलिपले ३२ रन बनाए भने एबी डिभिलीयर्सले २४, वाशिंटन सुन्दरले २१, गुरकीरत सिंहले १५ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले ५, कप्तान विराट कोहलीले ७ रन बनाएका थिए । यो जितपछि सनराइजर्स हैदरावाद १३ खेलमा ६ जितपछि १२ अंकसहित अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

अब आइपिएलको प्लेअफमा पुग्ने बाँकी तीन टीमको टुंगो अन्तिम खेलहरूपछि नै लाग्ने भएको छ । बैंगलोरले अन्तिम खेल दिल्ली क्यापिटल्ससँग खेल्नेछ । अब बैंगलोर र दिल्लीमध्ये विजेता एक टोली मात्र प्लेअफमा पुग्नेछ । 


कस्तो लाग्यो ?

यो पनि