बैशाख ०८, २०८१, शनिबार
               

प्रदेश नं १ मा थपिए २२२ कोरोना सङ्क्रमित

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

प्रदेश नं १ मा  पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच सङ्क्रमित छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा आज ३२ सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ५९ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि