चैत १६, २०८०, शुक्रबार
               

मुख्यमन्त्री पौडेल कोरोनामुक्त

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

डोरमणि पौडेल, मुख्यमन्त्री, बाग्मती प्रदेश
ADVERTISEMENT

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि