बैशाख ०७, २०८१, शुक्रबार
               

लगातार चौथो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।

जितका लागि १११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन ४७ बलमा ७२ रनमा अविजित रहे । मुम्बईका ओपनर किशन र क्विन्टन डी ककले १०.२ ओभरमा ६८ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । 

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो । दिल्लीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । व्याट्सम्यान चल्न नसक्दा सस्तैमा समेटिएकाे हाे । 

दिल्लीले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीलाई प्ले अफमा पुग्न बेंगलोरविरुद्ध जित्नै पर्ने हुन्छ । दिल्लीको यो लगातार चौथो हार हो । अन्तिम खेलमा पराजित भएमा नेट रनरेटमा निर्भर रहनुपर्ने हुन्छ । 


कस्तो लाग्यो ?

यो पनि