चैत १६, २०८०, शुक्रबार
               

आफ्नै ८५ वर्षीया आमालाई कुट्ने छोरो पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

सिरहा । आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि