बैशाख १२, २०८१, बुधबार
               

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरीमा विद्युत् लाइन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत् प्राधिकरण बर्दिवासका एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्युज शाखामा कार्यरत ज्यालादारी कर्मचारी रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डितको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको हो ।

बर्दिबास नपा वडा नम्बर १ मा रहेको एक घरको विद्युत लाइन मर्मत गर्न पोलमा चढेका पण्डितलाई शनिबार बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बर्दिवास जनसेवा अस्पताल ल्याइएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाइएको र जनकपुरस्थित जानकी केयर हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि