बैशाख ०८, २०८१, शनिबार
               

मोरङमा थप ६ जना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण मोरङमा थप ६ जनाको मृत्यु भएको छ । 

नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेज बुढीगंगामा एक र म्याक्स अस्पताल विराटनगरमा एकजनाको मृत्यु भएको हो । 

नोवेल मेडिकल कलेजमा उर्लाबारी की ६६ वर्षीया महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय पुरुष, सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समै मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको दाहालले जानकारी दिए । उनका अनुसार अन्य तीन जनको शनिबार विहान मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा कार्तिक ६ गते भर्ना भएका विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान मृत्यु भएको छ । 

म्याक्स हस्पिटल विराटनगरमा शनिबार विहान उदयपुरककी महिलाको मृत्युु भएको छ । 

शुक्रबार साँझ अस्पताल भर्ना भएकी ४२ बर्षीया महिलाको शनिबार विहान मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि