बैशाख ०७, २०८१, शुक्रबार
               

गुर्जो रोप्दै ट्राफिक प्रहरी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । 

तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र  प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । 

प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि