बैशाख ०८, २०८१, शनिबार
               

कोरोना महामारीका कारण ११ अदालत सिल

एजेन्सी
कात्तिक १५, २०७७

ADVERTISEMENT

न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । 

पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् ।  

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । 

ती अदालतहरु जिल्ला तथा सुरु तहका अदालतहरु पनि रहेका छन् ।  

बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको उनले बताए । 

बारका सचिव मिर्जाले संक्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए ।  

पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल संक्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ । 

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि