बैशाख १२, २०८१, बुधबार
               

दिल्लीमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
कात्तिक १५, २०७७

ADVERTISEMENT

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । 

यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना संक्रमित भएका छन् ।   

पछिल्लो समयमा दिल्लीमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । 

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । 

सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन । 

दिल्लीमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् । 

त्यसैगरी कोरोनाभाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।    


कस्तो लाग्यो ?

यो पनि