चैत १५, २०८०, बिहीबार
               

भूपू पाण्डे र मेलिना मैनालीको तिहार गीत ‘मेरो दाई’ सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालीहरुको महान चाड दशै सकिएलगत्तै तिहार शुभकामना सहित सर्जक तथा गायक भूपू पाण्डेको प्रस्तुति मेलिना मैनालीको तिहार गीत बजारमा आएको छ । सामाजिक सन्जाल र युट्युब च्यानलमार्फत तिहार गीत”मेरो दाई”सार्वजनिक भएको हो ।

गीतमा भूपु पाण्डेको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ भने मधुरकवि उपाध्यायको शब्द सिर्जना रहेको छ ।

राज पोखरेलले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक गायिकाले नै अभिनय गरेका छन् ।

४ दर्जन भन्दा बढी गीत गाइसकेका भूपु पाण्डेको यसभन्दा पहिलेका सबै गीत उत्तिकै लोकप्रिय छन् ।

पछिल्लो समयमा “छोटो छ जिन्दगी फोटो खिचेर राख”गीतबाट उनले  निकै सफलता हात पारेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि