बैशाख ०७, २०८१, शुक्रबार
               

धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

काठमाडौ । काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । उनी पेन्टिङको काम गर्दै आएका थिए ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् । उनीहरुको अरू विवरण खुलाईएको छैन ।

घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको  प्रहरी परिसर काठमाडौले जनाएको छ ।

युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि