बैशाख ०७, २०८१, शुक्रबार
               

आइपिएलकाे ५० औं खेलमा राजस्थान रोयल्स विजयी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको शानदार जित निकालेको छ ।

यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । क्रिस गेलले ६३ बलमा ९९ रनको योगदान दिए ।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए ।

पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ अंक तालिकाकाे शीर्षस्थानमा छ । बैङलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि