बैशाख १३, २०८१, बिहीबार
               

पञ्जाबले राजस्थानलाई दियो १८६ रनको लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ । 

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । पन्जाबलाई बलियो योगफलमा पुर्याउन क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनको योगदान दिए । त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२ रनमा पभेलियन फर्किए ।

उता राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले समान २/२ विकेट लिए । राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।


कस्तो लाग्यो ?

यो पनि